Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

शिक्षामन्त्री पोखरेलसँग अस्ट्रेलियाली राजदूतको भेट, उच्च शिक्षामा सहकार्यबारे छलफल

शिक्षामन्त्री पोखरेलसँग अस्ट्रेलियाली राजदूतको भेट, उच्च शिक्षामा सहकार्यबारे छलफल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत महामहिम साइमन अन्स्र्टले शिष्टाचार भेटवार्ता गरेका छन्।

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपाल–अस्ट्रेलिया सम्बन्ध, शिक्षा क्षेत्रको सहकार्य र विकास साझेदारीका विषयमा छलफल भएको थियो। विशेष गरी उच्च शिक्षामा अन्तरदेशीय शिक्षा व्यवस्थापन र दुई देशबीच सहकार्य विस्तारका सम्भावनाबारे कुराकानी केन्द्रित भएको बताइएको छ।

भेटका क्रममा मन्त्री पोखरेलले अस्ट्रेलियाका गुणस्तरीय उच्च शिक्षा कार्यक्रमसँग सहकार्य र साझेदारीका लागि नेपाल सकारात्मक रहेको बताए। उनले आवश्यक कानुनी व्यवस्था र नीतिगत सुधारमार्फत विश्वस्तरीय शिक्षा नेपालमै उपलब्ध गराउने दिशामा सरकार अघि बढिरहेको उल्लेख गरे।

मन्त्री पोखरेलले विद्यालय शिक्षा क्षेत्रमा पनि अन्य विकास साझेदारसरह अस्ट्रेलियासँग सहकार्य गर्न मन्त्रालय इच्छुक रहेको धारणा राखे।

राजदूत साइमन अन्स्र्टले उच्च शिक्षामा अन्तरदेशीय शिक्षा व्यवस्थापनप्रति चासो व्यक्त गर्दै अस्ट्रेलियाका उत्कृष्ट शैक्षिक कार्यक्रमहरूमा साझेदारी गर्न इच्छुक रहेको बताएका छन्।