Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रधानन्यायाधीश सिफारिसमा हर्क साम्पाङ असन्तुष्ट

प्रधानन्यायाधीश सिफारिसमा हर्क साम्पाङ असन्तुष्ट

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानन्यायाधीश नियुक्ति सिफारिस प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै उपसभामुख Rubi Kumari को भूमिकामाथि प्रश्न उठाएका छन्। सरकारले विधि र संवैधानिक पद्धति मिचेर निर्णय गरेको आरोप लगाउँदै उनले आफ्नै पार्टीबाट गएकी उपसभामुखले त्यसमा हस्ताक्षर गर्नु खेदपूर्ण भएको बताएका हुन्।

साम्पाङले संसद्लाई बेवास्ता गर्दै र राष्ट्र प्रमुखमाथि दबाब सिर्जना गरेर संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याइनु गलत कदम भएको बताएका छन्। उनले वरियतामा चौथो स्थानमा रहेका व्यक्तिलाई प्रधानन्यायाधीश बनाउन खोजिनु न्याय प्रणालीमाथिको ठुलो त्रुटि भएको उल्लेख गरे।

साम्पाङका अनुसार चौथो वरीयतामा रहेका व्यक्तिलाई प्रधानन्यायाधीशमा सिफारिस गर्नु सरकारको ठूलो गल्ती हो। उनले नियुक्तिसम्बन्धी बैठकमा एमसीसी र एसपीपीजस्ता विषय उठाएर दबाब र प्रभाव सिर्जना गरिएको दाबी समेत गरेका छन्।

विज्ञप्तिमा श्रम संस्कृति पार्टीले विधि मिचेर राजनीतिक प्रभावका आधारमा निर्णय गर्ने प्रवृत्तिको विरोध गर्ने स्पष्ट उल्लेख गरिएको छ।

harka-bigyapti.jpg