Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

संसद् बैठकमा विद्युतीय हाजिरी प्रणाली लागू, सांसदहरूको बायोमेट्रिक विवरण संकलन

संसद् बैठकमा विद्युतीय हाजिरी प्रणाली लागू, सांसदहरूको बायोमेट्रिक विवरण संकलन

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले संसद् बैठकमा विद्युतीय हाजिरी प्रणाली लागू गर्ने तयारी गरेको छ। यसै क्रममा सांसदहरूको बायोमेट्रिक विवरण संकलन तथा औपचारिक तस्बिर खिच्ने काम सुरु गरिएको हो।

बिहीबार अर्थ समितिको सभाकक्षमा सांसदहरूको बायोमेट्रिक विवरण संकलनसँगै फोटो खिचिएको सचिवालयले जनाएको छ।

उक्त कार्यक्रममा सांसदहरू औपचारिक पोशाकमा संघीय संसद्को लोगो लगाएर उपस्थित भएका थिए। नयाँ प्रणाली लागू भएपछि संसद् बैठकमा उपस्थिति थप व्यवस्थित र पारदर्शी हुने अपेक्षा गरिएको छ।