Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बलात्कार आरोपमा जुम्लाका वडाध्यक्ष पक्राउ

बलात्कार आरोपमा जुम्लाका वडाध्यक्ष पक्राउ

काठमाडौँ । मुगुकी २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जुम्लाको पातारासी गाउँपालिका–५ का वडाध्यक्ष दत्तबहादुर बुढा पक्राउ परेका छन्। ४२ वर्षीय बुढालाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो।

पीडित महिलाले वैशाख २२ गते जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। उजुरीमा धम्की दिँदै पटक–पटक जबरजस्ती करणी गरेको आरोप उल्लेख गरिएको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार आरोपितमाथि थप अनुसन्धान भइरहेको छ। अनुसन्धानका लागि अदालतबाट पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।