Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भन्सार कार्यालय बन्द गर्ने निर्णयविरुद्ध बरियारपट्टीमा आन्दोलन, हुलाकीमार्ग अवरुद्ध

भन्सार कार्यालय बन्द गर्ने निर्णयविरुद्ध बरियारपट्टीमा आन्दोलन, हुलाकीमार्ग अवरुद्ध

काठमाडौँ । सरकारले सिरहाको बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेपछि स्थानीयवासी र व्यापारी आन्दोलनमा उत्रिएका छन्। विरोध प्रदर्शनका कारण हुलाकीमार्ग अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित बनेको छ।

प्रदर्शनकारीहरूले सडकको बीचभागमा बेन्च राखेर बिहानदेखि नै हुलाकीमार्ग अवरुद्ध गरेका छन्। जसका कारण पूर्व–पश्चिमतर्फ चल्ने सवारी साधन सञ्चालनमा समस्या भएको स्थानीयले बताएका छन्।

नेपाल सरकारले वैशाख २४ गते राजपत्रमार्फत बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय सार्वजनिक गरेको थियो। त्यस को विरोधमा स्थानीयहरूले बरियारपट्टी गाउँपालिका–३ स्थित बरियारपट्टी चोकमा प्रदर्शन गरेका हुन्।

आन्दोलनकारीहरूले भन्सार कार्यालय पुनः सञ्चालन गर्नुपर्ने माग गर्दै सरकारको निर्णय तत्काल फिर्ता लिन आग्रह गरेका छन्। उनीहरूका अनुसार भन्सार बन्द हुँदा सीमावर्ती व्यापार, राजस्व संकलन र स्थानीय आर्थिक गतिविधिमा प्रत्यक्ष असर पर्नेछ।