काठमाडौँ । पूर्वराष्ट्रपति विद्या भण्डारीले आफ्नो सदस्यता होल्डमा रहेको बताएकी छिन् । आफूले एमालेको सदस्य नवीकरण गरिसकेको भए पनि अहिले होल्डमा रहेको उनको भनाई छ ।
उनले भनिन्, ‘एमाले देशभक्त र राष्ट्रवादीहरूको सङ्गठन हो, प्रगतिशीलहरूको, सामाजिक न्यायका पक्षधरहरूको सङ्गठन हो । म अनेक हिसाबले जोडिएको छु, तपाईँहरूले माने पनि नमाने पनि मैले एमालेको मैले पार्टी सदस्यता नवीकरण गरेको छु । अहिले होल्डमा छ ।’ उनले आफू एमालेको हिजोको पार्टी सदस्य रहेको भन्दै आज पनि एमाले रहेको उनको भनाई छ ।