काठमाडौँ । केपी शर्मा ओलीले जेन जी आन्दोलनमा जलेको बालकोटको घर पुननिर्माण नगर्ने भएका छन । पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोटमा रहेको घर नबनाउँने र यत्त्तिकै छाड्दिने भएका हुन् । जेनजी आन्दोलनको क्रममा जेनजी आगजनी गरेर ध्वस्त पारिएको त्यो घर अब आफूले पुननिर्माण नगर्ने जानकारी ओली दम्पत्तीले नजिकका नेता कार्यकर्तालाई गराएको खुल्न आएको छ ।
कुनै समय नेपालको राजनीतिको केन्द्र बनेको बालकोटको घर जेन जी आन्दोलनमा जलेर ध्वस्त भएको छ । आगजनीबाट घर पूर्णरुपमा क्षतिग्रस्त छ । त्यसका इटाहरु पनि केही मात्रामा मात्र काम लाग्ने खालका छन् ।
आफ्ना सन्तान नभएका ओली दम्पत्तीले विसं २०७७ मा आफू प्रधानमन्त्री रहेकै बेला त्यो घर र जग्गा आफ्नो मृत्युपश्चात नेपाल सरकारको नाममा हुने गरी दान दिने घोषणा गरेका थिए ।