Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सरकारको एक्सनः गाडी फिर्ता गर्न नमान्ने कर्मचारीको गाडी खोस्न सुरु

सरकारको एक्सनः गाडी फिर्ता गर्न नमान्ने कर्मचारीको गाडी खोस्न सुरु

काठमाडौँ । गाडी फिर्ता गर्न नमाने सरकार आफैले सहसचिवभन्दा मुनिका कर्मचारीको गाडी खोस्न सुरु गरेको छ । सहसचिवभन्दा मुनिका कर्मचारीले चढ्दै आएको गाडीको चाबी खोसेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आन्तरिक व्यवस्थापन शाखाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विवरण पेस गरेको हो ।

गृह, संघीय मामिला तथा सामान्य प्रशासनलगायतका अधिकांश मन्त्रालयका सहसचिवभन्दा मुनिका कर्मचारीको गाडीको चाबी थुतिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कै कार्यालय र मातहतका कार्यालय कै उपसचिवहरुले भने गाडी फिर्ता गर्न आनाकानी गरिरहेको समेत बताइएको छ ।

सरकारले केहीँ दिन अघि सहसचिवभन्दा मुनिका कर्मचारीहरुले चढ्दैँ आएको गाडीलाई फिर्ता गर्न आग्रह गरेको थियो तर नमानेपनि सरकार नै एक्सनमा उत्रिएको हो ।