Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

‘सुकुम्बासी’ का रूपमा बसोबास गरिरहेका सयौं परिवारको आफ्नै नाममा जग्गा रहेको भेटियो

‘सुकुम्बासी’ का रूपमा बसोबास गरिरहेका सयौं परिवारको आफ्नै नाममा जग्गा रहेको भेटियो

काठमाडौैँ । ‘सुकुम्बासी’ का रूपमा बसोबास गरिरहेका सयौं परिवारको आफ्नै नाममा जग्गा खुलासा भएको छ । सरकारी जग्गा अतिक्रमण गरेर खोला किनारका छेउछाउमा बस्दै आएका ‘सुकुम्बासी’ नामले परिचित हुकुम्बासीहरुको आफ्नै जग्गा रहेको भेटिएको हो । सरकारले उपत्यकाका सुकुम्बासी बस्तीमा थालेको विस्तृत अनुसन्धानका क्रममा हालसम्म ४ सय ५० परिवारको काठमाडौंलगायत देशका विभिन्न स्थानमा आफ्नै जग्गाजमिन रहेको भेटिएको पाइएको छ ।

बालेन सरकारले गत शनिबारदेखि सरकारले उपत्यकाका विभिन्न स्थानमा रहेका अनधिकृत सुकुम्बासी बस्ती खाली गराउने अभियान सुरु गरेको थियो। बस्ती खाली गराउने कार्य निरन्तर चलिरहँदा अर्कोतर्फ सरकारी टोलीले वास्तविक भूमिहीन र नक्कली सुकुम्बासीको पहिचान गर्न देशभरको मालपोत तथ्याङ्क झिकाइरहेको छ।