Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बालेन प्रधानमन्त्री बनेपछि पहिलो पटक उपत्यका बाहिर जाँदै,बुद्धजन्यतीमा लुम्बिनी पुग्ने

बालेन प्रधानमन्त्री बनेपछि पहिलो पटक उपत्यका बाहिर जाँदै,बुद्धजन्यतीमा लुम्बिनी पुग्ने

काठमाडौँ ।  बालेन शाह प्रधानमन्त्री बनेपछि पहिलो पटक उपत्याका बाहिर जाने भएका छन्। प्रधानमन्त्री बनेपछि सार्वजनिक कार्यक्रममा कतै नगएका बालेन बुद्धजन्यतीको समारोहमा सहभागी हुन लुम्बिनी जाने भएका हुन् ।

वैशाख १८ गते २५७० औं बुद्धजन्यती समारोहमा सहभागी हुन (बालेन) लुम्बिनी जाने कार्यक्रम तय भएको बताइएको छ ।  लुम्बिनी विकास कोषका अनुसार प्रधानमन्त्री शाह बुद्ध जयन्तीमा जाने पुजा गर्ने तर भाषण भने नगर्ने भएका हुन् । उनको उक्त दिन भाषण गर्ने कार्यक्रम राखिएको छैन ।

विगतका वर्षमा राष्ट्रप्रमुख÷सरकार प्रमुख बुद्ध जयन्तीमा सहभागी हुन आउने र कार्यक्रमलाई सम्बोधन गर्ने परम्परा रहेपनि बालेनले भने सम्बोधन सेडुलमा नराखिएको लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतले जानकारी दिएका छन् ।