Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

संघीय निजामती विधेयकको मस्यौदा सार्वजनिक

संघीय निजामती विधेयकको मस्यौदा सार्वजनिक

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा तयार पारेर सार्वजनिक गरेको छ। मस्यौदामाथि सरोकारवालाबाट सुझाव तथा प्रतिक्रिया संकलन गर्ने उद्देश्यले सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्री प्रतिभा रावलका अनुसार प्राप्त सुझावहरू समेटेर विधेयक परिमार्जन गरिनेछ। त्यसपछि संशोधित मस्यौदा मन्त्रिपरिषद्मा पेश गरी स्वीकृतिपछि संघीय संसद सचिवालयमा दर्ता गर्ने तयारी रहेको उनले बताइन्।