Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

इजरायलमा मृत्यु भएका विपिन जोशीका परिवारलाई १० लाख सहयोग, महावाणिज्यदूत फिर्ता बोलाइयो

इजरायलमा मृत्यु भएका विपिन जोशीका परिवारलाई १० लाख सहयोग, महावाणिज्यदूत फिर्ता बोलाइयो

काठमाडौँ । सरकारले इजरायलमा अध्ययनका क्रममा ज्यान गुमाएका विपिन जोशीको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले लर्न एण्ड अर्न कार्यक्रमअन्तर्गत अध्ययनका लागि गएका जोशीको परिवारलाई १० लाख रुपैयाँ सहयोग दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्।

त्यस्तै, सरकारले हङकङस्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत डा. विन्देश्वरप्रसाद लेखकलाई फिर्ता बोलाउने निर्णय पनि गरेको छ। उनलाई २० दिनभित्र परराष्ट्र मन्त्रालयमा उपस्थित हुन निर्देशन दिइएको छ।