काठमाडौँ । मन्त्रि गीता चौधरीले रासायनिक मल आपूर्ति सुनिश्चित गर्न कूटनीतिक पहल अघि बढाएकी छन्।
उनले शिशिर खनाल सँग भेट गर्दै पश्चिम एशियामा देखिएको संकटका कारण प्रभावित आपूर्ति व्यवस्थापन सुधारका लागि सहयोग मागेकी हुन्।
हाल सरकारसँग असारसम्म पुग्ने मल मौज्दात रहेको छ भने त्यसपछि थप १ लाख ५० हजार मेट्रिक टन मल जी–टु–जी प्रक्रियामार्फत खरिद गर्ने निर्णय भइसकेको छ। यसका लागि भारतीय पक्षसँग समन्वय अघि बढाइएको छ भने वैकल्पिक स्रोत खोज्ने प्रयास पनि जारी रहेको छ।