Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ऊर्जा खपत बढाउँदै १५ हजार मेगावाट निर्यात लक्ष्यसहित नयाँ रणनीति पेश

ऊर्जा खपत बढाउँदै १५ हजार मेगावाट निर्यात लक्ष्यसहित नयाँ रणनीति पेश

काठमाडौँ । ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको मुख्य आधार बनाउने लक्ष्यसहित ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ विराज भक्त श्रेष्ठ समक्ष पेश गरिएको छ।

सहसचिव सन्दीप कुमार देव को संयोजकत्वमा तयार गरिएको रणनीतिले आन्तरिक विद्युत खपत उल्लेख्य रूपमा बढाउँदै बाँकी ऊर्जा निर्यात गर्ने दीर्घकालीन योजना अघि सारेको छ। यसमा शतप्रतिशत विद्युतीकरण, प्रसारण–वितरण सुधार, विद्युतीय उपकरण प्रयोग विस्तार तथा एलपी ग्यास घटाउने लक्ष्य समेटिएको छ।

रणनीतिअनुसार आगामी १० वर्षभित्र प्रतिव्यक्ति ऊर्जा खपत ४५० बाट १५०० किलोवाट आवर पुर्‍याउने र १५ हजार मेगावाट विद्युत निर्यात गर्ने लक्ष्य राखिएको छ। साथै, सार्वजनिक यातायातमा विद्युतीय सवारी प्राथमिकता, चार्जिङ स्टेशन विस्तार र उद्योगमा विद्युतीय प्रणाली प्रयोग बढाउने योजना पनि समावेश गरिएको छ।

ऊर्जा उपयोगलाई प्रभावकारी बनाउन ‘सिजनल’ महसुल प्रणाली लागू गर्ने, जलाशययुक्त आयोजनाको हिस्सा बढाउने र अन्तरदेशीय प्रसारण लाइनमार्फत क्षेत्रीय बजारमा निर्यात विस्तार गर्ने रणनीति पनि प्रस्ताव गरिएको छ।