काठमाडौँ । रामप्रसाद भण्डारीले तोकिएको समयमै निर्वाचन सम्पन्न गर्नु निर्वाचन आयोगको संवैधानिक दायित्व भएको बताएका छन्।
निर्वाचन आयोग नेपाल द्वारा आयोजित कार्यक्रममा बोल्दै उनले यो निर्वाचन आवधिक नभई अग्रिम रूपमा घोषणा गरिएको “बाध्यात्मक निर्वाचन” भएको स्पष्ट पारे।
उनका अनुसार करिब पाँच वर्षमा हुनुपर्ने निर्वाचन झण्डै ४० महिनामै सम्पन्न गर्नुपर्ने अवस्था सिर्जना भएको थियो। सीमित समय, स्रोत साधन र राजनीतिक अस्थिरताको बीचमा पनि आयोगले निर्वाचन सम्पन्न गरेको उनले बताए।
आयुक्त भण्डारीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि देशमा देखिएको अस्थिर परिस्थिति, आगजनी र राजनीतिक अविश्वासका बीच निर्वाचन तयारी गर्नु चुनौतीपूर्ण भए पनि निर्वाचन नै विकल्प भएको उल्लेख गरे।