काठमाडौँ । सविता गौतम सँग नेपालका लागि जापानका राजदूत H.E. Mr. MAEDA Toru ले शिष्टाचार भेटवार्ता गरेका छन्। भेटमा राजदूतले नवनियुक्त मन्त्रीलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।
भेटका क्रममा दुवै पक्षबीच कानून सुधारका क्षेत्रमा भइरहेको सहकार्यलाई निरन्तरता दिने विषयमा छलफल भयो। साथै, सूचना प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्सजस्ता तीव्र रूपमा विकसित भइरहेका क्षेत्रलाई नियमन गर्न उपयुक्त कानुनी संरचना आवश्यक रहेकोमा जोड दिइयो।
यसैगरी, भविष्यमा सहकार्यका थप सम्भावित क्षेत्रहरू पहिचान गर्ने र आवश्यक परे जापानसँग सम्बन्धित विषयमा छलफलका लागि नेपाल खुला रहने सन्देश पनि आदान–प्रदान गरिएको थियो।