Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

धनगढीमा ‘नाइट इकोनोमी’ विस्तारको माग, रास्वपा युवाद्वारा ज्ञापन पेश

धनगढीमा ‘नाइट इकोनोमी’ विस्तारको माग, रास्वपा युवाद्वारा ज्ञापन पेश

काठमाडौँ । सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढी मा रात्रीकालीन व्यवसाय सञ्चालनको माग उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी निकट जेनजी समूहका युवा नेताहरूले कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीसमक्ष ज्ञापनपत्र बुझाउँदै यस्तो माग अघि सारेका हुन्।

उनीहरूले हाल राति १० बजेपछि होटल तथा रेष्टुरेन्ट बन्द गर्ने व्यवस्था समयसापेक्ष नभएको बताउँदै यसले व्यापार, पर्यटन, रोजगारी र सेवा क्षेत्रमा नकारात्मक असर परेको दाबी गरेका छन्। नितिश जोशी द्वारा हस्ताक्षरित ज्ञापनमा धनगढीलाई लगानीमैत्री र आधुनिक सहरका रूपमा विकास गर्न ‘नाइट इकोनोमी’ आवश्यक रहेको उल्लेख गरिएको छ।

पूर्व गृहमन्त्री रवि लामिछाने को कार्यकालमा सुरु गरिएको २४ घण्टा व्यवसाय सञ्चालनको अवधारणा सफल उदाहरण भएको उल्लेख गर्दै सो अभ्यास धनगढीमा पनि लागू गर्नुपर्ने माग गरिएको छ।

यस्तै, रात्रीकालीन व्यवसाय विस्तारसँगै श्रम शोषण, बालश्रम र असुरक्षित कामको अवस्थालाई नियन्त्रण गर्न स्थानीय प्रशासनलाई कडा निगरानी र प्रभावकारी कार्यान्वयन गर्न समेत आग्रह गरिएको छ।