Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

यातायातमा विद्यार्थी छुट हटाउने घोषणा

यातायातमा विद्यार्थी छुट हटाउने घोषणा

काठमाडौँ । सार्वजनिक यातायातमा विद्यार्थीलाई दिँदै आएको भाडा छुट अब लागू नहुने भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ ले सरकारी निर्देशन अस्वीकार गर्दै विद्यार्थी छुट नदिने निर्णय सार्वजनिक गरेको हो।

महासंघले यातायात व्यवस्था विभाग को पत्रको जवाफ दिँदै, विगतमा पाउँदै आएको कर तथा अन्य सहुलियत पुनःस्थापना नभएसम्म कुनै पनि हालतमा विद्यार्थी छुट कार्यान्वयन नगर्ने स्पष्ट पारेको छ। व्यवसायीका अनुसार ४५ प्रतिशत छुटको बदलामा पाउँदै आएको ६० प्रतिशत कर सहुलियत संघीयता पछि हटाइएकोले उनीहरू मारमा परेको दाबी गरिएको छ।

यस निर्णयसँगै विद्यार्थीहरू आक्रोशित भएका छन्। उनीहरूले सरकारले प्रदान गर्दै आएको सहुलियत अचानक हटाइनु अन्यायपूर्ण भएको भन्दै विरोध जनाएका छन्। आवश्यक सहुलियत पुनः लागू नगरे आन्दोलनमा उत्रिने चेतावनी समेत विद्यार्थीहरूले दिएका छन्।