काठमाडौँ । संविधान संशोधनका सम्भावित विषयहरूलाई व्यवस्थित गर्न गठित कार्यदलले आज दोस्रो बैठक बस्दैछ। असिम शाह को संयोजकत्वमा रहेको “संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२” को बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने तय भएको छ।
बैठकमा विभिन्न राजनीतिक दलबाट प्राप्त लिखित धारणा विश्लेषण गर्दै संशोधनका प्रमुख मुद्दाहरू पहिचान गरिनेछ। साथै, कार्यदलले आगामी दिनमा अपनाउने कार्ययोजना र बहसपत्र तयार गर्ने प्रक्रियाबारे पनि छलफल गर्ने कार्यक्रम रहेको छ।