Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

शैक्षिक अन्योल अन्त्य गर्न मेयर्स फोरमको अपिल—वैशाखमै कक्षा सञ्चालन गर्न निर्देशन

शैक्षिक अन्योल अन्त्य गर्न मेयर्स फोरमको अपिल—वैशाखमै कक्षा सञ्चालन गर्न निर्देशन

काठमाडौँ । काठमाडौं उपत्यका मेयर्स फोरमले विद्यालय सञ्चालनमा देखिएको अन्योल हटाउन नयाँ शैक्षिक सत्र निर्धारित समयमै सुरु गर्न सबै स्थानीय तहलाई आग्रह गरेको छ।

फोरमको बैठकले सरकारको चैत २२ को निर्णय र शिक्षा नियमावली, २०५९ अनुसार वैशाखदेखि चैतसम्मको शैक्षिक सत्र लागू गर्न जोड दिएको छ। पछिल्ला सूचनाका कारण विद्यालय सञ्चालनमा अन्योल सिर्जना भई पठनपाठन प्रभावित हुने अवस्था देखिएको भन्दै फोरमले चिन्ता व्यक्त गरेको छ।

संविधान र स्थानीय सरकार सञ्चालन ऐनअनुसार विद्यालय व्यवस्थापनको अधिकार स्थानीय तहमा रहेकाले एकरूपता कायम गर्न आवश्यक कदम चालिएको फोरमले जनाएको छ। विभिन्न सरोकारवाला निकायसँगको छलफलपछि यस्तो निर्णय गरिएको हो।

फोरमका अनुसार २०८३ वैशाख ११ गतेदेखि विद्यार्थी भर्ना अभियान सुरु हुने र वैशाख १५ गतेदेखि नियमित कक्षा सञ्चालन गरिनेछ।

इन्धन संकटलाई मध्यनजर गर्दै विद्यालयहरूलाई वैकल्पिक तयारी गर्न पनि आग्रह गरिएको छ। विद्युतीय सवारीको प्रयोग बढाउने र आवश्यक परे अनलाइन कक्षा सञ्चालन गर्ने सुझाव फोरमले दिएको छ।

फोरमका अध्यक्ष चिरिबाबु महर्जनले निर्णय कार्यान्वयनमा सबै पक्षको सहयोग आवश्यक रहेको बताएका छन्।