Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बलात्कार आरोपमा एमाले नेता कर्णबहादुर मल्ल पुर्पक्षका लागि थुनामा

बलात्कार आरोपमा एमाले नेता कर्णबहादुर मल्ल पुर्पक्षका लागि थुनामा

काठमाडौँ । बलात्कार आरोप लागेका नेकपा एमाले कर्णाली प्रदेशका नेता कर्णबहादुर मल्ललाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत ललितपुरले आदेश दिएको छ।

जिल्ला अदालत ललितपुरकी न्यायाधीश भगवती शर्मा ढुङ्गानाको इजलासले मल्ललाई थुनामा राखेर मुद्दाको प्रक्रिया अघि बढाउन आदेश दिएको हो। उनीविरुद्ध एक महिलाको जाहेरीका आधारमा बलात्कार र गर्भ संरक्षणसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको थियो।

मल्ललाई गत चैत १४ गते प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।