Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

‘छोटो समयमा देखिएका घटनाले हाम्रा आशंका पुष्टि गर्दैछन्’ : शंकर पोखरेल

‘छोटो समयमा देखिएका घटनाले हाम्रा आशंका पुष्टि गर्दैछन्’ : शंकर पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले २०८२ भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’लाई लिएर पार्टीले उठाएको षड्यन्त्रसम्बन्धी आशंका अहिलेका घटनाक्रमले पुष्टि गर्दै गएको बताएका छन्।

बुधबार च्यासलमा आयोजित नेकपा स्थापना दिवस कार्यक्रममा बोल्दै उनले भदौ २४ गते योजनाबद्ध रूपमा विध्वंस मच्चाइएको दाबी गरे। पार्टीले आफ्नो धारणा जनतामाझ प्रभावकारी रूपमा प्रस्तुत गर्न नसक्दा हालको राजनीतिक परिणाम आएको उनको भनाइ थियो।

पोखरेलले निर्वाचनमा सफलता हासिल गर्ने पक्षलाई बधाई दिँदै जनादेशको सम्मान गरेको उल्लेख गरे। साथै, हाल सार्वजनिक भइरहेका घटनाक्रमहरूले एमालेले उठाएका शंका सही साबित हुँदै गएको जिकिर गरे।

उनले सुशासनको विषयमा पनि टिप्पणी गर्दै एमालेका नेता–कार्यकर्ताको सम्पत्तिको छानबिन गर्नुपर्ने र सरकारमा रहेका नेताहरूको सम्पत्तिमाथि पनि अनुसन्धान हुनुपर्ने बताए।

पोखरेलका अनुसार गलत सूचना र प्रविधिको दुरुपयोगका कारण जनमत प्रभावित भएको र त्यसैका कारण एमाले जनताबाट टाढिएको अवस्था बनेको हो।