Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

साम्राज्यवादी युद्धविरुद्ध एकताको आह्वान गर्दै प्रचण्ड—अन्तर्राष्ट्रिय कम्युनिस्ट समन्वयमा जोड

साम्राज्यवादी युद्धविरुद्ध एकताको आह्वान गर्दै प्रचण्ड—अन्तर्राष्ट्रिय कम्युनिस्ट समन्वयमा जोड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री सुदन गुरुङको राजीनामालाई सकारात्मक कदमका रूपमा टिप्पणी गरेका छन्।

नेकपा स्थापना दिवसका अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व कम्युनिस्ट आन्दोलनबीच एकता र साम्राज्यवादी युद्धविरुद्ध साझा प्रतिरोध आवश्यक रहेको बताएका छन्।

 

बुधबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रश्न उठेपछि पदबाट अलग हुनु उपयुक्त निर्णय भएको बताएका हुन्। गृहमन्त्रीको राजीनामाबारे सोधिएको प्रश्नमा प्रचण्डले संक्षिप्त रूपमा “उहाँले जे गर्नुभयो, राम्रो गर्नुभयो” भनेका थिए।

उनले स्थापना दिवसलाई केवल औपचारिक स्मरण नभई आन्दोलनको उपलब्धि, कमजोरी र आगामी दिशाबारे गम्भीर समीक्षा गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा राखे। प्रचण्डका अनुसार, वर्तमान विश्व परिस्थितिमा श्रमजीवी वर्गबीच नयाँ ढंगको अन्तर्राष्ट्रिय एकता निर्माण अपरिहार्य छ।

साम्राज्यवादी युद्धले समाजवाद र शान्तिको पक्षमा चुनौती सिर्जना गरिरहेको उल्लेख गर्दै उनले विभिन्न देशका कम्युनिस्ट पार्टी र क्रान्तिकारी समूहसँग संयुक्त अपिल गरिएको जानकारी दिए। उक्त पहलले विश्व राजनीतिक बहसलाई नयाँ मोड दिन सक्ने उनको भनाइ थियो।

प्रचण्डले इतिहासमा उतार–चढाव भए पनि अन्ततः जनपक्षीय र क्रान्तिकारी शक्तिहरू नै विजयी हुने विश्वास व्यक्त गरे।