काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले राजीनामा दिएपछि गृहमन्त्रालयको जिम्मेवारी तत्कालका लागि प्रधानमन्त्री बालेन शाहले नै सम्हाल्ने भएका छन्।
व्यवसायी दीपक भट्टसँग साझेदारी रहेको विषय सार्वजनिक भएपछि गुरुङमाथि चौतर्फी दबाब बढेको थियो। यही परिस्थितिमा उनले निष्पक्ष छानबिनलाई सहज बनाउन भन्दै पदबाट राजीनामा दिएका हुन्।
सरकार गठन भएको २६ दिनमै गुरुङले पद छोडेका हुन्।