Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गृहमन्त्री सुदन गुरुङको राजीनामा, शेयर विवाद र अनुसन्धानलाई सघाउने भन्दै पद त्याग

गृहमन्त्री सुदन गुरुङको राजीनामा, शेयर विवाद र अनुसन्धानलाई सघाउने भन्दै पद त्याग

काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्। शेयरसम्बन्धी विषयमा उठेका प्रश्न र चौतर्फी आलोचनाबीच उनले निष्पक्ष अनुसन्धानलाई सहज बनाउन पद त्याग गरेको बताएका हुन्।

सामाजिक सञ्जालमार्फत उनले पदभन्दा नैतिकता र जनविश्वास ठूलो भएको उल्लेख गर्दै आफूविरुद्ध उठेका आरोपहरूको निष्पक्ष छानबिन आवश्यक रहेको बताएका छन्। आन्दोलनको सन्देश स्मरण गर्दै उनले सार्वजनिक जीवनमा स्वच्छता र नेतृत्वमा उत्तरदायित्व आवश्यक रहेको पनि बताएका छन्।

राजीनामासँगै उनले विभिन्न सञ्चारमाध्यममा भइरहेको चर्चा र आरोपलाई पनि गम्भीर रूपमा लिएको जनाएका छन्। अनुसन्धान प्रभावित नहोस् भन्ने उद्देश्यले पद छोडेको उनको भनाइ छ।

यसअघि उनले सुरक्षा निकायका प्रमुखहरू, साथै राजनीतिक नेतृत्वसँग पनि छलफल गरेका थिए। पछिल्ला दिनमा उनीमाथि शेयर कारोबार र व्यावसायिक सम्बन्धलाई लिएर प्रश्न उठिरहेका थिए।

उनको कार्यकालमा भ्रष्टाचार र बिचौलिया विरुद्ध कडा कदम चालिएको दाबी गरिँदै आएको थियो भने केही व्यवसायीमाथि अनुसन्धान र पक्राउ प्रक्रिया अघि बढिरहेको थियो।

उनले लेखेका छन् :

म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु।
मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको Gen Z आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ।मेरा ४६ जना भाइ बहिनिहरुको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो।
त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा conflict of interest नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।
मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ।कति मिडियाकर्मी साथी हरु को कहा कहा स्वीट शेयर छ बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।
For my country and For the respect of our security forces and For the youths of Nepal.