Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पराजयपछि नआत्तिन माधव नेपालको सन्देश—‘उकालो–ओरालो स्वाभाविक’

पराजयपछि नआत्तिन माधव नेपालको सन्देश—‘उकालो–ओरालो स्वाभाविक’

काठमाडौँ । नेकपाका सहसंयोजक माधव कुमार नेपालले पराजयलाई स्वाभाविक प्रक्रिया मान्दै आत्तिन नहुने बताएका छन्। स्थापना दिवसका अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले राजनीतिक यात्रा सधैं उकालो–ओरालोबाटै अघि बढ्ने धारणा राखे।

उनका अनुसार, कम्युनिस्ट आन्दोलनभित्र देखिएका उतार–चढावको गम्भीर समीक्षा आवश्यक छ। जीवन, समाज र राजनीतिमा आउने परिवर्तनलाई स्वीकार्दै अघि बढ्नुपर्ने उनले जोड दिए।

नेपालले पराजयपछि हतोत्साहित हुनेहरूले सफलता हासिल गर्न नसक्ने भन्दै नयाँ सोच र रणनीतिसहित अघि बढ्नुपर्ने बताए। साथै, पार्टीले वडा तहबाटै संगठनलाई सुदृढ गर्दै अघि बढेमा आगामी सफलता सम्भव हुने उनको विश्वास छ।

उनले विश्वस्तरमा साम्राज्यवादले संकट सिर्जना गरिरहेको दाबी पनि गरेका छन्।