Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

समस्याग्रस्त सहकारीका ऋणीलाई १५ दिनको अल्टिमेटम, नतिरे सम्पत्ति लिलाम र सेवा रोक्का

समस्याग्रस्त सहकारीका ऋणीलाई १५ दिनको अल्टिमेटम, नतिरे सम्पत्ति लिलाम र सेवा रोक्का

काठमाडौं । समस्याग्रस्त सहकारी संस्थाबाट लिएको ऋण नतिर्नेहरूलाई सरकारले कडा चेतावनी दिँदै १५ दिनभित्र रकम बुझाउन अन्तिम सूचना जारी गरेको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सञ्चालक, ऋणी सदस्य, कर्मचारी र जमानी सबैलाई लक्षित गर्दै यस्तो निर्देशन दिएको हो। पटक–पटक जानकारी गराउँदा पनि बक्यौता नतिरेपछि अब अन्तिम समयसीमा तोकिएको जनाइएको छ।

तोकिएको अवधिभित्र साँवा, ब्याज र हर्जाना नतिरेमा ऋणी र जमानीको नाम सार्वजनिक गरिने, बैंक खाता तथा सम्पत्ति रोक्का गरिने र सार्वजनिक सेवा सुविधा समेत बन्द गरिने चेतावनी दिइएको छ। साथै, कर्जा लिँदा राखिएको धितो लिलाम गरेर रकम असुली प्रक्रिया अघि बढाइनेछ।

यसैबीच, सरकारले व्यवस्थापन समितिलाई पूर्णता दिँदै अध्यक्षमा डिल्लीराज आचार्य तथा सदस्यमा नवराज सिम्खडा र रोशनबहादुर शाक्यलाई नियुक्त गरेको छ। मन्त्रालयले ऋण असुली तीव्र पार्दै बचतकर्ताको रकम फिर्ता प्रक्रिया पनि अघि बढाउने जनाएको छ।