काठमाडौं । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले तयार पारेको प्रतिवेदन सभामुख डोल प्रसाद (डीपी) अर्याललाई बुझाएको छ।
समितिका सभापति गणेश पराजुलीले उक्त मस्यौदा सभामुख अर्याललाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्। मस्यौदा ग्रहण गर्दै सभामुख अर्यालले यस विषयमा थप विस्तृत छलफल हुने बताएका छन्।
उनका अनुसार नियमावलीलाई सदनमा विस्तृत बहसपछि आवश्यक परेमा संशोधन तथा सुधार गर्न सकिनेछ। साथै, संविधान, प्रचलित कानुन, विगतका अभ्यास, विज्ञहरूको सुझाव र सम्बन्धित निकायसँगको परामर्शका आधारमा नियमावलीलाई परिष्कृत गरिने उनले उल्लेख गरेका छन्।