काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सम्बन्धित विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दाको आरोपपत्र संशोधन गर्ने निर्णयविरुद्ध दायर रिट निवेदनमाथि सर्वोच्च अदालतमा बिहीबार सुनुवाइ हुने भएको छ।
यसअघि सर्वोच्चको संयुक्त इजलासले मुद्दामा गम्भीर कानुनी प्रश्न उठेकाले यसलाई पूर्ण इजलासमा लैजानुपर्ने राय दिएको थियो, जसका कारण सुनुवाइ केही समय रोकिएको थियो।
सर्वोच्च अदालत प्रशासनले अब उक्त रिटलाई तीन सदस्यीय पूर्ण इजलासमा पेश गर्ने गरी बिहीबारको पेशी तोकेको छ, जहाँ मुद्दामाथि विस्तृत सुनुवाइ हुनेछ।