काठमाडौँ । सरकारको नीति र आगामी योजना स्पष्ट पार्ने उद्देश्यसहित प्रधानमन्त्री बालेन शाहले अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग बैठक सुरु गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा सरकारी प्राथमिकता निर्धारण, सम्बन्धित निकायको भूमिका, साथै कार्यक्रम र बजेटको दिशा तय गर्ने विषयमा कुराकानी भइरहेको छ। त्यस्तै, कार्यान्वयनका क्रममा देखिएका चुनौतीहरू र सुधारका उपायबारे पनि संक्षिप्त तर महत्वपूर्ण छलफल केन्द्रित छ।