काठमाडौँ । सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उपसमिति गठनको प्रस्तावमाथि छलफल गरिएको छ।
सोमबार आयोजित बैठकमा उपसमिति गठनसम्बन्धी ड्राफ्ट प्रस्तुत गर्दै यसले समितिको कामलाई थप प्रभावकारी र चलायमान बनाउने उद्देश्य राखिएको बताइएको छ।
सभापति पूजा चौधरीले उपसमितिले गरेको काम अन्ततः मुख्य समितिमै आएर छलफल हुने र सामूहिक निर्णयमार्फत अघि बढ्ने स्पष्ट पारिन्। उनले उपसमितिलाई सहयोगी संरचनाका रूपमा बुझ्न आग्रह गर्दै यसप्रति अनावश्यक आशंका नगर्न सदस्यहरूलाई आग्रह गरिन्।