Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

त्रिभुवन विमानस्थल अध्यागमनका दुई अधिकृत कारवाहीमा

त्रिभुवन विमानस्थल अध्यागमनका दुई अधिकृत कारवाहीमा

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका दुई जना अध्यागमन अधिकृत कारवाहीमा परेका छन्।

युएई प्रस्थान गर्न लागेका नेपालीको राहदानीमा प्रस्थान छापसँगै ‘रोजगार निषेध’ उल्लेख गरिएको घटनापछि सम्बन्धित कर्मचारीलाई जिम्मेवारीबाट हटाइएको अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिएका छन्।

विभागका अनुसार नेपाली नागरिकलाई शर्त तोकेर प्रस्थान अनुमति दिने कुनै नीति वा निर्णय नभएकाले उक्त कार्य अनधिकृत मानिएको हो।

घटनाको छानबिन गर्न विभागले समिति पनि गठन गरेको छ।