Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

देउवा समूहले पनि स्वीकार्याे गगन थापालाई कांग्रेस सभापति

देउवा समूहले पनि स्वीकार्याे गगन थापालाई कांग्रेस सभापति

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले अब कार्यवाहक सभापतिको हैसियतमा बैठक नबोलाउने भएका छन् ।

शनिबार निवासमा आफू निकटका नेताहरुको बैठक राखेर अब कसरी अघि बढ्ने भन्ने बारेमा छलफल गरेका थिए ।

बैठकपछि नेता मीन विश्वकर्माले सर्वोच्च अदालतको फैसला मान्ने कुरामा कुनै विमति नरहेको बताउँदै भने–अदालतमा कार्यवाहक सभापतिकै हैसियतमा उहाँले मुद्दा दर्ता गर्नुभएको थियो । त्यसैले अदालतको अन्तिम आदेश नआउन्जेल कार्यवाहक सभापति लेख्नुभयो । अब निवर्तमान कार्यवाहक सभापति हुनुभयो । त्यही लेख्नुहुन्छ ।”

अदालतमा आफ्नो दाबी विरोधका बेलामा दुवै पक्षले आफ्ना गतिविधिलाई निरन्तरता दिनु स्वाभाविक भएको उनको भनाइ थियो ।

“सर्वोच्चमा मुद्दा दर्ता गर्दा नै कार्यवाहक सभापति भनेर मुद्दा दर्ता गरिएको थियो,” विश्वकर्माले भने,“अदालतको फैसला स्वीकार गर्दै उहाँ अब निवर्तमान कार्यवाहक सभापति हो ।”

उनले अब अदालतले बल गगन थापाको खुट्टामा फ्याँकिदिएको बताउँदै मिलाएर लैजाने जिम्मेवारी पनि थापाकै भएको बताए ।

अर्का एक नेताले भोलि आइतबार खड्काले आफु निकटका निवर्तमान केन्द्रीय सदस्यको बैठक बोलाएका छन् ।