काठमाडौं । राष्ट्रि जेनजी नागरिक अभियानले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल आयल निगम र सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ।
शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक सुनिल सिंह ले २४ घण्टाभित्र मूल्य समायोजन नगरे आयल निगम घेराउ गर्ने चेतावनी दिएका छन्। उनले महँगीका कारण जनता थप मारमा परेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरे।
त्यस्तै सह–संयोजक अजय सोडारी ले छिमेकी देशहरूमा मूल्य स्थिर रहँदा नेपालमा अत्यधिक वृद्धि गरिएको भन्दै आपत्ति जनाएका छन्। उनले भारतमा पेट्रोलको मूल्य कम हुँदा नेपालमा अत्यधिक हुनु अनुचित भएको बताएका छन्।
अभियानले सरकारले जनताको माग नसुने कडा आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको छ।