काठमाडौँ । भक्तपुरमा मनाइँदै आएको प्रसिद्ध बिस्का जात्रा आज समापन हुने भएको छ। बिस्का जात्रा चैत २७ गते तौमढीबाट भैरवको रथ तानेर सुरु भएको थियो।
आठ रात नौ दिनसम्म भव्य रूपमा मनाइँदै आएको यो जात्रा आज अन्तिम दिन गःहिटीबाट दिउँसो ४ बजे भैरवको रथ तानेपछि औपचारिक रूपमा सम्पन्न हुने जनाइएको छ।
भक्तपुरमा मनाइने यो जात्रा नेवार समुदायको महत्वपूर्ण सांस्कृतिक पर्वमध्ये एक मानिन्छ, जसमा रथ यात्रा र विभिन्न परम्परागत गतिविधिहरू समावेश हुन्छन्।