Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सर्वोच्चको निर्णयपछि पार्टी एकता र पुनर्जागरणको आह्वान: गगन थापा

सर्वोच्चको निर्णयपछि पार्टी एकता र पुनर्जागरणको आह्वान: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वोच्च अदालतको पछिल्लो निर्णयले पार्टीलाई पुनः एकताबद्ध र सुदृढ बनाउने अवसर दिएको बताएका छन्। उनले यो निर्णयलाई जित–हारको रूपमा नभई विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको रूपमा लिनुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत उनले सबै नेता, कार्यकर्ता र शुभेच्छुकलाई आ–आफ्नो स्थानबाट जिम्मेवारीपूर्वक पार्टी एकता र पुनर्जागरणमा योगदान दिन आग्रह गरेका छन्। थापाले सभापतिको हैसियतले यस प्रक्रियामा आफ्नो जिम्मेवारी सबैभन्दा ठूलो रहेको स्पष्ट गर्दै सक्रिय रूपमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

उनले १५औँ महाधिवेशनलाई पार्टी रूपान्तरण र सुदृढीकरणको अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन्। साथै, अग्रजहरूको योगदानको सम्मान गर्दै नयाँ पुस्ताको अपेक्षा सम्बोधन गर्न सक्ने र समुन्नत नेपाल निर्माणमा योगदान दिने पार्टी बनाउन सबै एकजुट हुनुपर्ने उनको भनाइ छ।