Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सर्लाहीमा चैत महिनामा १३२ आपराधिक घटना दर्ता, ९६ जना पक्राउ

सर्लाहीमा चैत महिनामा १३२ आपराधिक घटना दर्ता, ९६ जना पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले चैत महिनामा जिल्लाभर १३२ वटा आपराधिक घटना दर्ता भएको जनाएको छ। तीमध्ये ज्यानसम्बन्धी, चोरी, सामाजिक तथा सवारी ज्यानसम्बन्धी मुद्दा प्रमुख रहेका छन्।

प्रहरीका अनुसार सो अवधिमा बैंकिङ कसुर, जुवातास, ठगी र हातहतियारसम्बन्धी ३५ वटा गम्भीर प्रकृतिका मुद्दा दर्ता भएका छन्। अनुसन्धान र कारबाहीका क्रममा ९६ जना प्रतिवादी पक्राउ परेका छन् भने १५ वटा पुराना मुद्दा फछ्र्योट गरिएको छ।

फैसला कार्यान्वयनका क्रममा ५ जना पक्राउ परेका छन्, जसबाट ८ वर्ष ४ महिना कैद सजाय र २० हजार रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी ६८ उजुरी दर्ता भएका छन्। तीमध्ये ३२ जना हराएकामध्ये १६ जना फेला पारिएको छ भने ३६ घरेलु हिंसा उजुरीमध्ये २२ वटा मिलापत्र गरिएको छ।

लागूऔषध नियन्त्रणका क्रममा ३७३.९५० किलो गाँजासहित अन्य लागूऔषध बरामद गरी ८ जनालाई पक्राउ गरिएको छ।

यस्तै, चैत महिनामा जिल्लामा १८ जनाले आत्महत्या गरेको तथ्यांकले चिन्ता बढाएको प्रहरीले जनाएको छ, जसमा १६–२५ र २६–३५ वर्ष उमेर समूह बढी प्रभावित देखिएको छ।