Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा हरि ढकाल सर्वसम्मत चयन

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा हरि ढकाल सर्वसम्मत चयन

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा सांसद हरि ढकाल सर्वसम्मत रूपमा चयन भएका छन्। शुक्रबार बसेको समितिको बैठकले उनलाई औपचारिक रूपमा सभापतिमा चयन गरेको हो।

सभापतिमा चयन भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै ढकालले समितिभित्र दलगत प्रभावभन्दा बाहिर रहेर काम गर्ने बताएका छन्। उनका अनुसार समिति र सदन फरक प्रकृतिका भएकाले समितिमा विषयगत र सिर्जनात्मक बहसलाई प्राथमिकता दिनुपर्ने हुन्छ।

उनले समितिमा प्रभावमा नभई स्वभावअनुसार काम गर्ने उल्लेख गर्दै सबै सदस्यका सुझाव र खबरदारीलाई ग्रहण गर्ने बताए। आफ्नो ३१ महिनाको संसदीय अनुभवलाई आधार बनाएर जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।