Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा ओजश्वी शेरचन सर्वसम्मत चयन

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा ओजश्वी शेरचन सर्वसम्मत चयन

काठमाडौँ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा ओजश्वी शेरचन सर्वसम्मत रूपमा चयन भएकी छन्। अन्य दलबाट उम्मेदवारी नपरेपछि उनी निर्विरोध रूपमा सभापति बनेकी हुन्।

समिति सभापति चयनका लागि बिहीबार मनोनयन दर्ता गरिएको थियो। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ओजश्वीलाई उम्मेदवार बनाएको थियो।

शुक्रबार बसेको समितिको बैठकले उनलाई सर्वसम्मत सभापति चयन भएको औपचारिक घोषणा गरेको हो। सभापति चयनपछि समिति सदस्यहरूले उनलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।