Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रेशमलाल चौधरी पक्राउ गराउने मुद्दामा महिमानसिंह विष्टलाई ६ महिना कैद

रेशमलाल चौधरी पक्राउ गराउने मुद्दामा महिमानसिंह विष्टलाई ६ महिना कैद

काठमाडौँ । सर्वोच्च अदालतमा रहँदा अनधिकृत पत्र लेखेको अभियोगमा महिमानसिंह विष्टलाई ६ महिना कैद सजाय सुनाइएको छ। जिल्ला अदालत काठमाडौंले उनलाई दोषी ठहर गर्दै कैद तथा जरिवाना दुवै सजाय तोकेको हो।

जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुषालको इजलासले बिहीबार विष्टलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको शाखा अधिकृत हेमन्त भट्टराईले जानकारी दिएका छन्। यसअघि चैत २२ गते सोही इजलासले उनलाई दोषी ठहर गरेको थियो।

विष्टले सर्वोच्च अदालतमा शाखा अधिकृतका रूपमा कार्यरत रहँदा अनधिकृत पत्र लेखेका थिए, जसको आधारमा नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरी पक्राउ परेका थिए। पछि उक्त पत्र अनधिकृत भएको पुष्टि भएको थियो।