काठमाडौं । पोल्ट्री क्षेत्र सुधार र विकासका लागि कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरण मन्त्री गीता चौधरीले व्यवसायीहरूसँग छलफल गरेकी छन्।
नेपाल लेयर्स कुखुरापालक संघ ले क्षेत्रको योगदान, चुनौती र सुधारका उपायबारे जानकारी गराउँदै स्वदेशी उत्पादनलाई प्राथमिकता दिन माग राखेको थियो।
मन्त्री चौधरीले खाद्य स्वच्छता, विषादी परीक्षण र अवैध आयात नियन्त्रणका लागि कडाइ गरिने बताउँदै क्वारेन्टाइन प्रणाली सुदृढ बनाइने जानकारी दिइन्।
व्यवसायीहरूले उत्पादन लागत वृद्धि, बजार अस्थिरता र नीतिगत अस्पष्टताका कारण क्षेत्र संकटमा परेको बताएका छन्। उनीहरूले पोल्ट्रीलाई प्राथमिक उद्योगको मान्यता, राष्ट्रिय नीति र कर सहुलियतको माग गरेका छन्।