Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

स्वर्णिम वाग्ले: संविधानप्रति सरकार पूर्ण प्रतिबद्ध, आर्थिक लक्ष्यमा चुनौती

स्वर्णिम वाग्ले: संविधानप्रति सरकार पूर्ण प्रतिबद्ध, आर्थिक लक्ष्यमा चुनौती

काठमाडौं । स्वर्णिम वाग्लेले वर्तमान संविधानप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।

अन्तर–सरकारी वित्तीय परिषद् तथा विषयगत समितिको बैठकमा बोल्दै उनले संविधानलाई इमान्दारीपूर्वक कार्यान्वयन गर्नु सरकारको दायित्व भएको बताए। संविधानका केही प्रावधानमा असन्तुष्टि भए पनि आवश्यक सुधार संविधानभित्रकै प्रक्रिया अनुसार गर्न सकिने उनको भनाइ थियो।

वाग्लेले चालु आर्थिक वर्षमा करिब १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेको जानकारी दिँदै आन्तरिक तथा बाह्य चुनौतीका कारण लक्ष्य हासिल गर्न कठिनाइ हुने संकेत गरे।

उनका अनुसार राजनीतिक स्वार्थ समूहहरूको प्रभावले आर्थिक प्रणालीमा दबाब परेको छ, तर सरकारले सबैलाई समान नियम लागू हुने गरी सुधारका कदम अघि बढाइरहेको छ। उनले आर्थिक प्रणालीलाई बन्धक बनाउने प्रवृत्तिविरुद्ध सरकार सक्रिय रहेको पनि बताए।