Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

राप्रपामा अनुशासन कडाइ: दुई नेतासँग ७२ घन्टे स्पष्टीकरण माग

राप्रपामा अनुशासन कडाइ: दुई नेतासँग ७२ घन्टे स्पष्टीकरण माग

काठमाडौं । आन्तरिक विवाद चुलिँदै जाँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अनुशासनात्मक कदम अघि बढाएको छ।

पार्टीकी उपाध्यक्ष तथा अनुशासन समिति अध्यक्ष रोशन कार्की को अध्यक्षतामा बसेको बैठकले केन्द्रीय सदस्य नानिमैयाँ आचार्य र महिला संगठनकी सचिव चाहना अधिकारी सँग ७२ घन्टे स्पष्टीकरण माग्ने निर्णय गरेको हो।

उनीहरूमाथि प्रतिनिधि सभा निर्वाचनअघि समानुपातिक सूचीको विरोध गर्दै पार्टी कार्यालयमै धर्ना र आमरण अनसन बसेर ‘भ्रम सिर्जना’ गरेको आरोप लगाइएको छ। साथै, पार्टीभित्रै समाधान खोज्नुपर्ने विषयलाई प्रहरी र अदालतसम्म पुर्‍याएको भन्दै अनुशासन उल्लंघन गरेको ठहर गरिएको छ।

अनुशासन समितिका अनुसार केही महिला नेतामाथि व्यक्तिगत आरोप लगाउने र प्रहरी प्रशासनमा उजुरी दिने कार्य पनि उनीहरूले गरेको पाइएको छ। विवादको केन्द्रमा समानुपातिक सूचीमा समावेश नामहरू, विशेषगरी सरस्वती लामा लगायतका व्यक्तिहरूलाई लिएर असन्तुष्टि रहेको थियो।

नेतृद्वयले भने सूचीमा देखिएको परिवारवाद र अवसरवादको विरोधमा आफूहरू आन्दोलनमा उत्रिएको बताएका थिए।