Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पतञ्जली जग्गा प्रकरणमा माधव नेपालसहितको मुद्दामा आज पेसी, सरकारी कागजात झिकाउन समय माग

पतञ्जली जग्गा प्रकरणमा माधव नेपालसहितको मुद्दामा आज पेसी, सरकारी कागजात झिकाउन समय माग

काठमाडौँ । माधवकुमार नेपालसमेत प्रतिवादी रहेको पतञ्जली योगपीठ जग्गा प्रकरणको भ्रष्टाचार मुद्दामा आज विशेष अदालतमा पेसी तोकिएको छ। तर प्रतिवादी पक्षले सरकारी कागजात झिकाउन आवश्यक भएकाले थप समय माग गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको उक्त मुद्दामा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो दाबी गरिएको छ। 

आरोप अनुसार पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुट दिने सम्बन्धमा मन्त्रिपरिषद्ले गरेको निर्णयपछि कानुनी प्रक्रिया अघि बढाइएको थियो। त्यस क्रममा निर्णय कार्यान्वयन र जग्गा बिक्री–सट्टापट्टासम्बन्धी प्रक्रियामा अनियमितता भएको दाबी गरिएको छ।

अख्तियारका अनुसार मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि सम्बन्धित निकायहरूबाट पछि मात्र पत्राचार भएको र त्यसअघि नै केही वित्तीय तथा जग्गा सम्बन्धी प्रक्रिया अघि बढाइएको देखिएको उल्लेख छ।

यसैबीच, मुद्दाको प्रारम्भिक चरणमै कागजात अध्ययन र प्रमाण संकलनका लागि समय आवश्यक रहेको भन्दै प्रतिवादी पक्षले अदालतसँग समय माग गरेको हो।