Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ट्राफिकमा थन्किएका झन्डै ९ हजार कागजपत्र फिर्ता लैजान आग्रह

ट्राफिकमा थन्किएका झन्डै ९ हजार कागजपत्र फिर्ता लैजान आग्रह

काठमाडौँ । जाँचका क्रममा नियन्त्रणमा लिइएका सवारीसम्बन्धी कागजपत्र फिर्ता लैजान जिल्ला ट्राफिक प्रहरी कार्यालयले सर्वसाधारणलाई आग्रह गरेको छ।

ट्राफिक नियम उल्लङ्घन अभिलेख राख्ने ट्राफिक भायोलेसन रेकर्ड सिस्टम लागू भएसँगै कार्यालयमा ८ हजार ९८२ वटा कागजपत्र थन्किएको जनाइएको छ।

प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार २०८० सालदेखि संकलित ती कागजात—लाइसेन्स, ब्लुबुक र मार्ग अनुमति—अहिलेसम्म नलिएका सवारीधनी तथा चालकलाई १० दिनभित्र अनिवार्य रूपमा लिन आग्रह गरिएको छ। निर्धारित समयभित्र जरिवाना नतिर्ने र कागजपत्र नलिनेहरूलाई थप समस्या हुन सक्ने कार्यालयले जनाएको छ।