Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पार्टी अनुशासन बाहिरका गतिविधि सहन नसकिने गगन थापाको चेतावनी

पार्टी अनुशासन बाहिरका गतिविधि सहन नसकिने गगन थापाको चेतावनी

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टी अनुशासनको सीमाभन्दा बाहिर हुने अनधिकृत गतिविधि सहन नसकिने चेतावनी दिएका छन्। नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले पार्टीभित्र एकता कायम राख्दै अघि बढ्ने तर सीमाभन्दा बाहिर जाने गतिविधि स्वीकार्य नहुने स्पष्ट पारे।

थापाले पार्टीलाई समेटेर लैजान सबैसँग सहयोगको आग्रह गर्दै अनावश्यक खिचातानी नगर्न पनि अनुरोध गरे। उनले कांग्रेसलाई आगामी अधिवेशन र निर्वाचनका लागि तयार पार्ने तथा प्रतिपक्षको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने बताए। साथै, सरकारका विधिसम्मत र सुशासनका काममा सहयोग रहने उल्लेख गर्दै पार्टीलाई संस्थागत रूपमा बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे।