Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नयाँ वर्षमा एकता र रूपान्तरणको सन्देश

नयाँ वर्षमा एकता र रूपान्तरणको सन्देश

काठमाडौँ । नयाँ वर्षका अवसरमा विद्यादेवी भण्डारीले नयाँ वर्ष २०८३ ले सबै नेपालीमा ऊर्जा, आशा र उत्साह थपोस् भन्ने शुभकामना व्यक्त गरेकी छन्। शुभकामना सन्देशमार्फत उनले विगतका निराशा र अवरोधहरू अन्त्य गर्दै व्यक्तिगत, सामाजिक र राष्ट्रिय जीवनलाई अघि बढाउने प्रेरणा मिलोस् भन्ने अपेक्षा राखिन्।

उनले विशेषगरी नयाँ पुस्ताको सक्रियता, नवीन सोच र प्रविधिको उपयोगमार्फत राजनीतिक दलहरूलाई समयानुकूल रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याइन्। साथै, हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनले देखाएको जनभावनालाई गम्भीर रूपमा लिँदै जनमुखी कार्यशैली अपनाउन उनले राजनीतिक नेतृत्वलाई आग्रह गरेकी छन्।