Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भृकुटीमण्डपमा २० सटलमा ताला, करोडौं भाडा बक्यौता सार्वजनिक

भृकुटीमण्डपमा २० सटलमा ताला, करोडौं भाडा बक्यौता सार्वजनिक

काठमाडौं । भृकुटीमण्डपमा भाडा नतिरेका २० वटा सटलमा समाज कल्याण परिषद्ले सुरक्षाकर्मीको सहयोगमा तालाबन्दी गरेको छ।

परिषद्का अनुसार वर्षौंदेखि भाडा नतिर्ने विभिन्न संघसंस्था र व्यवसायिक इकाइहरूमा कारबाही गरिएको हो।

सबैभन्दा बढी बक्यौता काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजको देखिएको छ, जसले दुई वटा सटलबापत क्रमशः १ करोड ७६ लाख ७० हजार २८१ रुपैयाँ र १ करोड १३ लाख ५३ हजार ९५ रुपैयाँ तिर्न बाँकी छ।

त्यस्तै राष्ट्रिय अपांग महासंघको करिब १ करोड १६ लाख रुपैयाँभन्दा बढी भाडा बक्यौता रहेको छ भने विभिन्न संघसंस्था, पसल र संगठनहरूको पनि लाखौंदेखि करोडौंसम्म भाडा नतिरेको विवरण सार्वजनिक गरिएको छ।

ताला लगाइएका संस्थामा रिपोर्टर्स क्लब नेपालसहित उपभोक्ता मञ्च नेपाल, नेपाल पत्रकार महासंघ काठमाडौं शाखा, अनेरास्ववियु लगायतका संघसंस्था पनि परेका छन्।