Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गुटेरसद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई, सहयोगको प्रतिबद्धता

गुटेरसद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई, सहयोगको प्रतिबद्धता

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह लाई बधाई दिएका छन्।

८ अप्रिलमा पठाइएको पत्रमार्फत उनले शाहको नेतृत्वमा नेपालको दिगो विकास, संस्थागत सुदृढीकरण र सुशासनका प्रयासहरूमा राष्ट्रसंघको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका छन्।

गुटेरसले नेपाल र राष्ट्रसंघबीचको दीर्घकालीन साझेदारीलाई अझ मजबुत बनाउन सकिने विश्वास व्यक्त गर्दै युवा नेतृत्वको उदयलाई सकारात्मक संकेतका रूपमा उल्लेख गरेका छन्। साथै, उनले सार्वजनिक जीवनमा सत्यनिष्ठा र नागरिक केन्द्रित शासनको आवश्यकता पनि जोड दिएका छन्।