Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सभामुख डीपी अर्यालद्वारा पूर्वसभामुखहरूसँग भेट

सभामुख डीपी अर्यालद्वारा पूर्वसभामुखहरूसँग भेट

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले पूर्वसभामुखहरूसँग भेटवार्ता गरेका छन्। उनले पूर्वसभामुखहरू देवराज घिमिरे र अग्निप्रसाद सापकोटा सँग छुट्टाछुट्टै भेटघाट गरेको सचिवालयले जनाएको छ।

भेटका क्रममा नेपालको संसदीय अभ्यास, विगतका अनुभव तथा संसद सञ्चालनसँग सम्बन्धित विषयमा विचार आदान–प्रदान भएको थियो।

साथै संघीय संसदको प्रभावकारी सञ्चालन, विधायन प्रक्रियाको सुदृढीकरण र संस्थागत सुधारका विषयमा समेत विस्तृत छलफल भएको सचिवालयले जानकारी दिएको छ।